दमक/ झापाको दमकमा आज ( सोमबार) थपिएका संगै सक्रिय संक्रमितको संख्या ३ सय नाघेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले जनाए अनुसार आइतबार अपरान्ह सम्म २६५ रहेको सक्रिय संक्रमित संख्या आज सोमबार साँझ सम्ममा ३०७ पुगेको हो । सक्रिय संक्रमित मध्ये १८५ जना पुरुष र १२२ महिला छन । संक्रमणका कारण दमकमा ७ जनाको मृत्यु भइसकेको छ भने अहिले सम्ममा ३७ जना कोरोना संक्रमण मुक्त भएका छन ।

Facebook Comments Box