दमक/ झापाको दमकमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा दमक ६ की ५५ बर्षिया एक महिला छिन । उनको कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यससंगै दमकमा संक्रमित मृतकको संख्या ८ पुगेको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार आज ( मंगलबार) थपिएका संक्रमितहरु मध्ये दमकका २३ जना रहेका हुन ।
झापामा सबैभन्दा धेरै भद्रपुरमा ५७ जना थपिएका छन । त्यसैगरी शिवसताक्षी र कमल गाउँपालिकामा ३/३ जना नयाँ संक्रमित झापामा थपिएका छन ।
एन्टीजेन परिक्षण मार्फत तीन जनामा पुष्टि
झापाको दमकमा एन्टिजेन परिक्षणका क्रममा आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार दमकको एक निजी अस्पतालले गरेको एन्टिजेन परिक्षणका क्रममा तीन जनामा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ ।
दमकमा हाल सम्म एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएका १४ जना संक्रमित छन । एन्टिजेन परिक्षण गरिएको एक घण्टा भित्रैमा कोरोना भए नभएको पत्ता लगाउने परिक्षण प्रकृया हो । यसलाई सरकारले पीसिआर परिक्षण सो सरहकै मान्यता दिएको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

Facebook Comments Box