दमक/झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ ले वडाका टोल टोलमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिरहेको छ ।
वडाध्यक्ष मनोज खुलालका अनुसार सो वडाका टोल टोलमा कोरोना संक्रमण रोक्न जनचेतना जगाउँदै सर्वसाधारणलाई मास्क तथा सेनिटाइजर वितरण गरिएको हो ।

वडाको कूल ६२ हजार रुपैयाँ बजेटबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनचेतना जगाउँदै वडा सदस्यहरु मार्फत सबै टोलमा मास्क तथा सेनिटाइजर निशुल्क उपलब्ध गराउनुपर्ने वर्गका सर्वसाधारणका लागि ति सामग्री पठाइएको वडाध्यक्ष खुलालले बताए । त्यसैगरी भारतीय सीमा क्षेत्र कुञ्जीबारीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा खटिएका सुरक्षाकर्मी र जनपथ प्रहरीलाई समेत मास्क, सेनिटाइजर र ग्लोब ( हातमा लगाउने पञ्जा) हस्तान्तरण गरिएको छ ।

 

Facebook Comments Box