दमक/झापाको दमकमा आज ( बिहिबार) थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ३४ महिला र ५४ पुरुषसहित जिल्लाका विभिन्न स्थानीय तहमा कूल २७६ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै झापामा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३० जना पुगेको उल्लेख छ ।
त्यसैगरी आज जिल्लामा ५ जनाको मृत्यु भएको छ । एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएका ३ जना र पीसिआर परिक्षण मार्फत संक्रमण पुष्टि भएका गौरीगञ्ज ६ का एक जना र कन्काई ७ का एक जनाको संक्रमणका कारण मृत्यु भएको छ ।