झिलझिले/ दलित अधिकार नगर समन्वय समिति शिबसताक्षीले इलाका प्रहरी कार्यलय झिलझिलेलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको छ ।
समितिले बिहिबार प्रहरी कार्यलयमा गएर हेन्ड सेनिटाइजर ,चस्मा सहितको फेस भाइजर लगयतको स्वस्थ्य सामग्री हस्तन्तरण गरेको हो ।
दोश्रो लहरको कोरोना भाइरसको संक्रमणबाट जोगाउन अग्रभागमा रहेर देश र जनताको सुरक्षाको लागि अहोरात्र खाटिने प्रहरीहरुलाइ आफू सुरक्षित भइ जनताको सेवा गर्न सहज बनाउन स्वास्थ्य सामग्री बितरण गरिएको समितिका सचिव पूर्ण लकान्द्रीले जानकारी दिए ।


स्वस्थ समाग्री ग्रहण गर्दै प्रहरी प्रमुख धुर्बनारयण श्रेष्ठले यो संकटको घडीमा पाएको स्वस्थ्य सामग्रीबाट आफूहरुलाई हौसला मिलेको प्रतिक्रिया दिए । स्वस्थ्य सामग्री बितरणमा उपाध्यक्ष मोहन सेन्चुरी, शिबसताक्षी नगर कार्यपालिका सदस्य जानुका दर्जीले नगरका दलित समुदयहरु एकजुट भएर समाजिक कार्यमा सहभागी हुन आव्हान गरे । सो अवसरमा सहयोग हस्तान्तरण समितिका उपाध्यक्ष सन्त पोर्तेल, सहसचिब हरिशंकर सिलवाल लगयत पनि सहभागी थिए ।

Facebook Comments Box