दमक/गएको चैत्र २५ गतेदेखि दमकमा देखिन शुरु गरेको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट पीडित संक्रमितको संख्या दमकमा ५ सय नाघेको छ । हाल नगरमा संक्रमितको संख्या ५०२ पुगेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार यो तथ्याङक ( हिजो बिहिबार) सम्म परिक्षण गरिएकाहरु मध्येको हो । आज विभिन्न ल्याबमा गरिएका परिक्षणको रिपोर्ट संकलन भइसक्न भोली शनिबार बिहान सम्म लाग्छ ।
आज सम्म उपलब्ध तथ्याङक अनुसार चैत्र २५ यता दमकमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ छ भने ४४ जना संक्रमित कोरोना मुक्त भएका छन ।
हाल दमकमा सक्रिय संक्रमितको संख्या भने ४५० छ । ति मध्ये १८२ महिला र २६८ पुरुष छन । त्यसैगरी दमक अस्पताल कोभिड उपचार केन्द्र बेलडाँगीमा २१ जना संक्रमितको उपचार भइरहेको छ । दमकमा कोभिड उपचार सेवा शुरु गरेका अन्य तीन अस्पतालमा दमक तथा बाहिरी जिल्लाहरुबाट आएका संक्रमितहरुको समेत उपचार भइरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले कोभिड उपचार केन्द्र बेलडाँगीमा २१, आम्दा अस्पतालमा २३, एडभान्स अस्पतालमा २१ र लाइफलाइन अस्पतालमा १७ जना संक्रमितहरुको उपचार भइरहेको छ ।