दमक/ दमक ५ मा आज मंगलबार बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
दमक ५ स्थित हरीऊँ कोलनी क्षेत्रमा बस्ने ३५ बर्षिया महिलाको लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार ति महिलामा करिब ५ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको गुरुङले बताए । कन्काई नदीमा उनको आजनै उनको दाहसंस्कार गरिने जनाइएको छ । यस अघि दमकमा दोश्रोा चरणको नयाँ भेरियन्टसहितको कोराना संक्रमणका कारण ८ जनाको ज्यान गइसकेको छ । दमकमा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन ।

 

Facebook Comments Box