दमक/ झापाको दमकमा आज ( बिहिबार) पनि थप २२ जना कोरोना संक्रमित थपिएका छन । १० महिलासहित २२ जनामा आज संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
दमकको छिमेकी पालिका कमल गाउँपालिकामा दमकमा भन्दै ७ जना धेरै संक्रमित थपिएका छन । कमलमा १४ महिलासहित कूल २९ जनामा आज ( बिहिबार) एकैदिन कोरोना संक्रमण पुष्टि भएको हो । कमलको ६ नम्बर वडाका बाहेक सबै वडामा आज संक्रमित थपिएका हुन । यो सहित जिल्लाका सबै स्थानीय तहमा १९५ जना नयाँ संक्रमित थपिएका छन । त्यसैगरी विर्तामोडमा जिल्लामै सबैभन्दा धेरै ३५ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । त्यस्तै भद्रपुरमा १२ महिलासहित कूल २७ जना संक्रमित थपिएका छन ।

 

Facebook Comments Box