दमक/जारी निषेधाज्ञाका कारण बजार नखुल्दा च्याउ खेती गर्ने किसानले ठुलो क्षति ब्यहोर्नु परेको छ ।
झापाको गौरादह नगरपालिकामा जिल्लाकै नमूना च्याउ खेती गर्दै आएका किसानले च्याउ विक्री गर्न नपाउँदा ओइलिएर सुक्न थालेपछि खेतमा फाल्नु परेको हो ।


बन्दका कारण सीता च्याउ उद्योगमा यतिखेर दैनिक २ लाख भन्दा धेरै मुल्यको च्याउ खेर गईरहेको उद्योगले जनाएको छ ।
बजारमा प्रतिकेजी २ सय रुपैयाँ सम्म खर्चिएर उपभोक्ताले तरकारीका रुपमा च्याउ खाँदै आएका थिए । सीता च्याउ उद्योगका दम्पतीले दैनिक ठूलो परिमाण च्याउ फाल्दै आएको उद्योगका संचालक नल बहादुर खड्काले बताए । ३ विगाह जग्गा भाडामा लिएर बृहतरुपमा च्याउ खेती गर्दै आएको उद्योगमा अहिले दैनिक १५ सय देखि २ हजार केजी च्याउ उत्पादन हुँदै आएको छ । तर बजार बन्दले च्याउ विक्री गर्न नसक्दा कुहिन थाले पछि खेतमा फ्याँक्नु परेको किसान सीता खड्काले बताइन । बजारमा च्याउ विक्री गर्ने अवस्था नहुँदा च्याउ खेतीमा काम गर्ने कामदार र व्यापारमा संलग्न व्यवसायीहरुले रोजगारी समेत गुमाउनु पर्ने अवस्था आएको छ ।

Facebook Comments Box