दमक/ दमकस्थित लाइफलाइन अस्पतालमा उपचाररत कमल ६ का एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । सो ठाउँका ७३ बर्षिय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । कमल गाउँपालिका स्वास्थ्य शाखाका इन्द्र अर्यालले उनको मृत्यु कोरोना संक्रमणका कारण भएको पुष्टि गरे ।

Facebook Comments Box