दमक/आजदेखि तीन दिन सम्म प्रदेश एक सहित देशका विभिन्न ठाउँमा हावाहुरीसंगै भारी बर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिउ विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापक प्राधिकरणले प्रेस नोट निकालेर त्यस्तो आग्रह गरेको हो ।
भारतको पश्चिम बंगालमा बिकसित भएको चक्रवत समुन्द्रबाट जमिन तर्फ प्रवेश गरिसकेकाले तीन दिन सम्म यस क्षेत्रमा जोखिम रहेको औंल्याइएको हो । जारी प्रेस नोटमा खोला, झाडी तथा वनजंगल जस्ता जोखिमपूर्ण क्षेत्र आसपास बसोबास गर्ने सर्वसाधारणलाई नजिकको प्रहरी तथा सम्बन्धित पालिकासंग समन्वय गरेर सुरक्षित स्थान तर्फ सार्न पनि भनिएको छ । यस किसिमको मौसममा सके सम्म घर भित्रै बस्न, बाहिर जोखिमपूर्ण क्षेत्रमा नजान र उच्च सावधानी अपनाउनु पर्ने जनाइएको छ ।

 

Facebook Comments Box