दमक/झापाको दमकमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ८ की अन्दाजी ५७ बर्षिया महिलाको गएराती साढे ११ बजे कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । उनलाई १७ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो । यससंगै दमकमा कोरोनाको दोश्रो भेरियन्टबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।
दमकमा हाल सक्रिय संक्रमितको संख्या ६ सय नाघेको पनि जनाइएको छ । स्वास्थ्य शाखाका कुबेर भट्टराईले दमकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६०३ पुगेको जानकारी दिए ।
यसैबीच आज दमकमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको नगरस्तरीय समितिको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय झापाले २१ जेठ सम्मका लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको म्याद थप गरिसकेको छ । नगरमा सोही निर्णय कार्यान्वयनका अतिरिक्त कोरोना रोकथाम नियन्त्रणमा भइरहेका प्रयास र अब गर्नुपर्ने कामहरुका बिषयमा सरोकारवालाहरुबीच छलफल गर्न सो बैठक बोलाइएको हो ।