दमक/कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आउँदो जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइन लागेको हो । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्ने सरकारले जनाएको छ । चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप काठमाण्डौ आइपुगेको छ । एक लाख डोज भोलि ( बुधबार) आइपुग्ने भएको छ ।

Facebook Comments Box