दमक/पछिल्लो २४ घण्टामा देशभर नयाँ कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या उच्च रहेको छ । यस अवधिमा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तथा ७२१९ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समय अवधि भित्र १०१ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएका हुन् ।
देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ ।

Facebook Comments Box