दमक/झापाको दमकमा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले जनाए अनुसार हिजो (मंगलबार) राती नोवेल अस्पताल विराटनगरमा उपचाररत दमक ५ की ५२ बर्षिया एक महिलाको मृत्यु भएको हो ।
यससंगै दमकमा २५ चैत यता शुरु भएको कोरोनाको दोश्रो भेरियन्टका कारण मृत्यु हुने संक्रमितको संख्या १९ जना पुगेको छ । दमकमा दिनहुँ सक्रिय संक्रमित थपिने भन्दा निको हुनेको दर भने घटदो रहेको तथ्याङक छ । दमकमा कोरोना रोकथामका लागि करिब तीन सातादेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा समेत पछिल्लो एक सातायता नयाँ संक्रमितको संख्या उस्तै रहेको भन्दै नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालले ९ जेठ देखि १० दिनको समयमा झण्डै ३ सय ५० जना नयाँ संक्रमित थपिएको भन्दै संक्रमणबाट जोगिनुनै उत्तम उपाय भएको सुझाएका छन । यस्तै दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले संक्रमणको शुरुवातमा नै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेर आवश्यक उपचार प्रकृयामा लाग्न आव्हान गरेकी छिन । दमकको बेलडाँगीस्थित कोभिड उपचार केन्द्रमा संक्रमितहरुको उपचारका लागि व्यवस्था मिलाइएको र विरामीको अवस्था हेरी अन्य अस्पतालमा तोकिएका कोभिड उपचार केन्द्रमा समेत उपचार हुने भएकाले हेल्चेक्रयाइँ नगर्न नगरबासीलाई अपिल समेत गरेकी छिन ।