झापा/नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध वागी उमेदवारी दिएका नेताहरुलाई कारबही गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले तीनवटै तहको निर्वाचनमा वागी उमेदवारी दिएका नेता, तिनका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
बैठकले अन्य पार्टीमा गई विभिन्न तहमा उमेदवारी दिएका नेता तथा कार्यकर्ताहरुलाई पनि पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबही गरिएको अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेले जानकारी दिए । उनले वागी उमेदवार, प्रस्तावक तथा समर्थक र अन्य पार्टीमा गई उम्मेदवार बनेका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउनसमेत निर्देशन दिएको बताए ।
हेर्नुहोस झापासहित प्रदेश १ बाट को को परे ?
झापा
१. हरिश्चन्द्र वास्तोला, अर्जुनधारा नपा वडा नं. ६ का वडा अध्यक्षका वागी
२. अर्जुन प्रसाद उप्रेती, वारदर्शी न.पा. ३ का वडा अध्यक्षका वागी, नीजका प्रस्तावक र समर्थक ः रघुनाथ अधिकारी र नवराज पोखरेल
३. मोहन कुमार वस्नेत, झापा गापा २ का वडा अध्यक्षका वागी
४. कांग्रेस गिरी, गौरीगंज नपा ४ का वडा अध्यक्षका वागी
५. मोहन कुमार बस्नेत, गौरीगंज २ का वडा सदस्यका वागी
६. अर्जुन वुढाथोकी, दमक नपा प्रमुखका वागी,
७. छत्रा वुढाथोकी, दमक नपा ४ मा विवेकशील पार्टीको प्रस्तावक ।
इलाम
१. अनुप अधिकारी, चुलाचुली गा.पा. अध्यक्षको वागी
२. सेतुप्रकाश राई, चुलाचुली गापा वडा नं. ४ को वडा अध्यक्षको वागी
३. मणी राई (देउमाई नगर उपसभापति), संघीय समाजवादी फोरमको तर्फबाट वडा नं. ३ का वडा अध्यक्षका प्रत्यासी
३. डम्बर प्रधान, सूर्योदय नपा वडा नं. १० को वडा अध्यक्षका वागी, नीजका प्रस्तावक ज्ञानीराम श्रेष्ठ र समर्थक दिनेश श्रेष्ठ
४. विक्रम प्रधान सुर्योदया नपा वडा नं. १० को संघीय समाजवादी फोरम नेपालको तर्फबाट वडा सदस्यको प्रत्यासी
१४. मोरङ्ग
१. जयबहादुर तामाङ (क्षेत्रीय प्रतिनिधि), पथरी शनिश्चरे वडा नं. ६ का वडा अध्यक्षका वागी, निजको प्रस्तावक र समर्थकमा क्रमशः इन्दुबहादुर कार्की र कृष्णबहादुर बस्नेत
पाँचथर
१. मित्र प्रसाद थापा (पूर्व क्षेत्रीय सदस्य) –तुम्वेवा गापा अध्यक्षको वागी
संखुवासभा
१. पेम्वा टासी शेर्पा (क्रियाशील सदस्य), मकालु गा.पा. २ का वागी ।
सुनसरी
१. इसराइल मन्सुरी (क्रि.नं.१००५०६०९००४), भोक्राह नरसिंह गा.वि.स. ९, गाउपालिका अध्यक्षका वागी
२. दिलिप उरौ (धागर), (गाविस सदस्य), भोक्राह नरसिंह गापा वडा नं. १ वडा अध्यक्षका वागी
३. बस्नेत मण्डल (क्षेत्रीय सचिव, क्षेत्र नं. ७), भोक्राह नरसिंह गापा वडा नं. ७ को वडा अध्यक्षका वागी
ओखलढुंगा
१. ज्ञानेन्द्र रुम्दाली (तरुण दल जिल्ला अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि), प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा ख का वागी, निजका प्रस्तावक रामजी वास्तोला (महाधिवेशन प्रतिनिधि) र समर्थक ठाकुर गौतम (क्षेत्र नं. २ क्षेत्रीय कोषाध्यक्ष)
२. चक्रबहादुर राई, सुनकोशी वडा नं. ३ वडा अध्यक्षका वागी, निजको प्रस्तावक सन्तोष कटुवाल
३. पर्वलाल तामाङ, मानेभञ्ज्याङ गापा अध्यक्षका वागी
४. मोहन तामाङ, मानेभञ्ज्याङ्ग गापा वडा नं. ३ का वडा अध्यक्षका वागी
५. ज्ञानेन्द्रबहादुर खत्री, सुकोशी गापा वडा नं. ५ का वडा सदस्यका वागी
६. डम्वर बहादुर गिरी, चम्पादेवी गापा वडा नं. ४ का अध्यक्षका वागी, निजका प्रस्तावक समरबहादुर खत्री र समर्थक अमृतबहादुर खत्री
७. पदमबहादुर कटुवाल (साविक गाविस अध्यक्ष), सुनकोशी गापा वडा नं. ७ का अध्यक्षका वागी ।
८. चन्द्राबहादुर कार्की, मोलुङ गापा वडा नं. २ का वडा अध्यक्षका वागी ।