दमक/ झापाको दमकका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  विएण्डसी अस्पताल विर्तामोडमा उपचाररत दमक १ का २८ बर्षिय पुरुषको मृत्यु भएको हो ।  नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या २१ पुगेको छ । दमकमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४०२ जना कायम भएको छ । २०९ महिला र १९३ पुरुष सक्रिय संक्रमित रहेका छन ।

Facebook Comments Box