दमक/ दमकमा आज ( आइतबार) थप २० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससंगै दमकमा कोरोनाको दोश्रो लहरमा संक्रमण मुक्त हुनेको संख्या ८९२ पुगेको छ । दमकमा कूल १ हजार ३०७ जना नयाँ भेरियन्टबाट संक्रमित भएकामा सो संख्यामा संक्रमितहरु संक्रमण मुक्त भएका हुन् । २१ जना भने कोरोना संगको लडाईँमा पराजित हुन पुगेका छन । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार दमकमा हाल ३९४ जना सक्रिय संक्रमित छन । आजै मात्रै १२ जना नयाँ संक्रमित थपिएसंगै दमक नगरपालिकामा गएको २५ चैत यता १ हजार ३ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।