दमक/ दमकस्थित लाइफलाइन अस्पतालबाट आज ( बिहिबार) एकैदिन ६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन । दमकका २ , उर्लाबारीका २, तथा इलाम र गौरीगञ्जका एक÷एक जना संक्रमित उपचारपछि आज निको भएर घर फर्किएका हुन । सो अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न थालिएको आज २६ जेठमा एक महिना पूरा भएको छ ।


यसबीचमा उपचारका लागि भर्ना भएका कोरोना संक्रमितहरु मध्ये ९० जना संक्रमण मुक्त भएर घर फर्किएका अस्पतालका कोभिड युनिट इञ्चार्ज डम्बर मोतेले जानकारी दिए । सो अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ड डा. सूर्यनारायण साहको नेतृत्वमा चिकित्सक र स्टाफ नर्सद्धय मेनुका भुजेल र अस्मिता बस्नेतसहितको टिम कोरोना संक्रमितको उपचारका लागि खटिएका बताइएको छ ।

अस्पतालमा कार्यरत चिकित्सकहरुका अतिरिक्त विशेष नर्सहरुको निरन्तरको अथक प्रयास र र मेहेनतको परिणाम ठुलो संख्यामा संक्रमितहरु उपचारपछि निको भएका अस्पताल स्रोतले जनाएको छ । सो अस्पतालमा आज बिहिबार साँझ सम्ममा २५ जना संक्रमित उपचारका लागि भर्ना छन । ति मध्ये ८ जना आइसियु ( सघन उपचार कक्ष) मा र २ जना भेन्टिलेटरमा छन । ति बाहेक अन्य १५ जना एचडीयू बेडमा उपचाररत रहेका अस्पताल स्रोतले जनाएको छ ।

Facebook Comments Box