गौरादह/ झापाको गौरादह १ स्थित मोती माविका विपन्न तथा जेहेन्दार १५ छात्रछात्राहरुलाई सामाजिक सञ्जाल फेसबुक मार्फत बनेको बुहारी समुह दमकले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
आज सो समुहको स्थापना दिवसको अवसर पारेर विद्यालयमै पुगेर बुहारीहरुले करिब २२ हजार रुपैयाँ मुल्य बराबरका कपी, कलम, पोशाक, झोला लगायतका सामाग्री प्रदान गरेका हुन् ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज नेपाल, शैक्षिक सहयोग जुटाउने अभियानका अभियान्ताहरु तुलसा आचार्य, एलिसा ओली लगायतले कार्यक्रमको औचित्य र प्रभावका बिषयमा बोलेका थिए । सो ग्रुपमा प्रभा आचार्य, मनिषा थापा, विमला पाण्डे, तुलसा आचार्य लगायत महिला आवद्ध छन् ।