सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ५ नाम्चे बजारका ३१ बर्षीय छिरिङ
तेन्जीङ शेर्पाको लडेर मृत्यु भएको छ ।
अमेरीका बस्दै आएका शेर्पा डुम्जी पर्व मनाउन घर आएको र १७ गते घुम्नको लागि घरबाट निस्की पासाङल्हामु गाउँपालिका ४ मा रहेको होटल एभरेष्ट भ्यु नजिकै रहेको एनसेलको टावर छेउमा सेल्फी खिच्ने क्रममा लडेका थिए ।
उनलाई आफन्तले खोजतलाश गर्ने क्रममा बुधबार बिहान ५ बजेको समयमा टावर भन्दा २५० मिटर तल क्याङजु जंगलमा मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे ईलाका प्रहरी कार्यालय नाम्चेमा जानकारी गराउनासाथ घटनास्थलमा प्रहरीको टोली खटि गई कानूनी कारवाही प्रकृया तथा थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयल सोलुखुम्बुले जनाएको छ ।

Facebook Comments Box