दमक/ दमक ३ दोघरे निवासी साँस्कृतिककर्मी क्यान्सर पीडित नेत्रकुमारी धिमालको उपचारमा सहयोगका लागि अमेरिकाको लसएञ्जल्स र आसपासका ठाउँमा बसोबास गर्ने दमकेलीहरुले एक लाख २१ हजार ९ सय रुपैयाँ आर्थिक संकलन गरेका छन ।

लसएञ्जल्समा बसोबास गर्ने दमकेलीहरुले निष्कर्ष न्यूज डटकममा प्रकाशित समाचार पढेपछि सोही आधारमा सुदिप पन्तको नेतृत्वमा धिमालको उपचारका लागि ७ घण्टा भित्रैमा सो रकम जुटाएका हुन।   पन्तले निष्कर्ष न्यूजसंग भने “सहयोगका लागि अनुरोध धेरै आउँछन आफनो ठाउँ भनेपछि बेग्लै हुन्छ दमकेलीहरु यहाँ संगठित भएर रहेका छौं सबैंले स्वैच्छिक रुपमा पठाउनु भएको रकम हो यो निष्कर्ष न्यूज पढेरनै साथीहरुले यो सहयोग गर्नु भएको हो । उहाँको परिवारको आर्थिक अवस्था , उहाँका नाबालक सन्तानको समेत भविष्यलाइ सम्झिएर हामीले यो सहयोग गरेका हौं पन्तले भने “।

यो अभियानमा लसएञ्जल्स दमक सम्पर्क समिति अध्यक्ष शारदा श्रेष्ठको हौसला र प्रेरणा रहेको सहयोग रकम जुटाउने अभियानको नेतृत्व गरेका पन्त बताउँछन । दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका पन्त करिब डेढ दशक अघिदेखि अमेरिकामा बसोबास गर्दै आएका छन ।

सहयोग गर्ने दमकेली दाताहरु र प्रदान गरेको रकम ( डलरमा) यस प्रकार छ ।

  • योगेन्द्र श्रेष्ठ -$५५
  • योगेन्द्र बिमली -$५१
  • भरत पोख्रेल -$५१
  • शारदा श्रेष्ठ -$५१
  • सुदिप पन्त -$१०१
  • भक्त श्रेष्ठ -$५१
  • गोमा खनाल मिश्र -$५०
  • रवि सिंह -$५१
  • बेदराज बस्नेत -$५१
  • शिव शाह -$५१
  • सन्जु सापकोटा -$५१
  • बिशाल नेपाल -$६५
  • गोमा खतिवडा -$५१
  • प्रभा मिश्र निरौला -$५१
  • कल्पना पौड्याल नेपाल -$५१
  • उत्तम थापा -$५१
  • मेगेन्द्र श्रेष्ठ -$५१
  • अनुपम निरौला -$५१

सो रकम आज मंगलबारनै निष्कर्ष न्यूज मार्फत नेत्रकुमारीको घरमै पुगेर हस्तान्तरण गरिनेछ । नेत्रकुमारी हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छिन । प्राप्त सहयोग रकम उनकै आग्रहमा पत्रकार तथा अभियानका नेतृत्वकर्ताहरुको उपस्थितीमा परिवारका सदस्यलाई हस्तान्तरण गरिनेछ ।

Facebook Comments Box