दमक/ अंग्रेजी साहित्यमा विशिष्ट योगदान पुर्याए बापत तीन जना झापाली साहित्यकार तथा लेखकहरु भारतको बैंग्लोरमा सम्मानित भएका छन । खेमलाल पोख्रेल, तोयानाथ चापागाईं र बिष्णु प्रसाद भट्टराई ग्लोबल लिटरेरी अवार्ड २०२२ बाट सम्मानित भएका हुन ।

अङ्ग्रेजी साहित्यको विश्व प्रसिद्ध संस्था मोटिवेसनल स्ट्रिप्स र गुजरात साहित्य परिषदले संयुक्त रूपमा हरेक बर्ष प्रदान गर्दै आएको सो अवार्डबाट उनीहरु सम्मानित भएका हुन । पोखरेललाई अवार्डसहित साइनो अभियन्ता सम्मान समेत प्रदान गरिएको छ भने चापागाईं र भट्टराईलाई विशिष्ट साहित्यकारको उपाधी प्रदान गरिएको छ । सो अवसरमा पञ्जाबकी लेखिकाद्धारा लिखत द ओपेरा पन्जाब कविता संग्रहको पनि विमोचन गरिएको छ ।


सौन्दर्य एडुकेसनल फाउन्डेसन बैंगलोर,कर्नाटकमा २अक्टोबरमा आयोजित कार्यक्रमका बीच सो अवार्ड प्रदान गरिएको बताइएको छ । कार्यक्रमको अध्यक्षता शिजु एच पाथेलजी ( संस्थापक, मोटिवेसनल स्टृप्स, अङ्रेजी भाषा साहित्यको बिश्व प्रसिद्ध साहित्यिक मन्च) ले गरेको कार्यक्रममा गुजरात साहित्य परिषदका अध्यक्ष बिष्णु पाण्डेयको प्रमुख आतिथ्य रहेको थियो भने प्रेस काउन्सिल अफ कर्नाटकका अध्यक्ष शिव कुमार नागारा नभिल्लाको विशेष आतिथ्य रहेको थियो । सो अवसरमा तीन झापालीसहित बिभिन्न देशका ४० भन्दा बढी साहित्यकार सम्मानित भएका हुन ।

Facebook Comments Box