दमक/ झापा, मोरङ र सुनसरीमा भएका अलग अलग दुर्घटनामा तीन जनाको  मृत्यु भएको छ । मोरङको रंगेली ७ बसपार्कस्थित आमबारी–विराटनगर भित्रि पक्की सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको पिकअपको ठक्करबाट पैदल यात्री सोही ठाउँका ४५ बर्षिय तारा ढकालको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते ढकालको उपचारका क्रममा साढे ९ बजे कोशी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसैगरी कोशी गापा ७ आर्मिगेट अगाडी पुर्ब पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ३ ख ७३१५ नम्बरको कन्टेनर र पुर्बबाट पश्चिम तर्फ जादै गरेको को १२ प ७३३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक सोनुकमार झाको मृत्यु भएको हो । उनको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । झा सप्तरी मधुवनका बासिन्दा भएको बताइएको छ ।

त्यसअघि शुक्रबारनै दिउँसो कमल ५ मा भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ कि ५८ वर्षिया तुलसा देवी गुरुङको मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्गमा पश्चिम तर्फ मोड्ने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा५ख ४८१३ नम्बरको बसले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल पछाडी सवार गुरुङको घट्नास्थलमा नै मृत्यु प्रहरीले जनाएको छ ।

Facebook Comments Box