दमक/ खनाल सेवा समिति दमक नगर समितिले एक विशेष कार्यक्रमका बिच प्रतियाेगीतात्मक ज्ञान मञ्च कार्यक्रम सम्पन्न गरेकाे छ।

दमक न.पा वाड न. ८ र ९ का किर्तन मण्डलीहरुबिच भएकाे प्रतियाेगीतामा श्रीमन नारायण किर्तन मण्डली दमक -९ प्रथम, लक्ष्मीनारायण किर्तन मण्डलीदमक-९ द्वितिय र सिर्जनशिल किर्तन मण्डली दमक-९ तृतिय भएका छन ।

प्रथम द्वितिय र तृतिय हुने किर्तन मण्डलीहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएकाे थियाे ।अन्य सहभागी किर्तन मण्डलीहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएकाे थियाे । खनाल सेवा समिति जिल्ला कार्य समिति झापाका सचिव ओमप्रसाद खनालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे अध्यक्षता खनाल सेवा समिति दमकका अध्यक्ष लिलानाथ खनालले गरेका थिए ।

कार्यक्रमकाे सञ्चालन खनाल सेवा समिति दमकका सचिव शारदा खनालले गरेका थिए भने स्वागत मन्तव्य काेषाध्यक्ष चुडामणी खनालले गरेका थिए । कार्यक्रममा खनाल सेवा समितिका सदस्यहरु,खनाल महिला मञ्च दमकका सदस्यहरु,विभिन्न किर्तन मण्डली सदस्य सहित करिब एकसय भन्दा बडी सदस्य हरुकाे उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box