दमक/ अमेरिकाबाट गैह्रकानुनी रुपमा काँकरभिट्टा हुँदै दमकस्थित बेलडाँगी शिविरमा आएका तीन जना भुटानी शरणार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार अमेरिकाबाट बिभिन्न देश हँुदै अबैधरुपमा नेपाल भित्रिएका उनीहरुलाई शनिबार करिब २ बजे दमक नगरपालिका वडा नम्बर ३ स्थित बेलडाँगी शिबिरबाट प्रहरी टोलीले पक्राउ गरेको हो ।

३६ बर्षिय आशिष सुबेदी , ३१ बर्षिय सन्तोष दर्जी र ३६ बर्षिय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अध्यागमन कार्यालय काँकरभिट्टा बुझाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कानुनी अस्पष्टता
नेपालबाट अमेरिका पुनर्वास गरिएका भुटानी शरणार्थीहरू पुनः वैधानिक रूपमा नेपाल फर्किन सक्ने वा नसक्ने विषयमा कानुनी व्यवस्थाहरू स्पष्ट छैनन्।् ।
नेपालले शरणार्थीसम्बन्धी १९५१ को संयुक्त राष्ट्रसंघीय अभिसन्धि अनुमोदन नगरेकाले, शरणार्थीहरूको कानुनी अधिकार र पुनःस्थापनासम्बन्धी स्पष्ट कानुनी ढाँचा नेपालमा छैन ।
सन् २००७ देखि २०१६ सम्म संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको सहयोगमा करिब १ लाख १३ हजार भुटानी शरणार्थीहरूलाई अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका तेस्रो मुलुकहरूमा पुनर्वास गरिएको थियो ।
तेस्रो देश पुनर्वास कार्यक्रम २०१६ मा समाप्त भएको छ ।
अमेरिका पुनर्वास गरिएका भुटानी शरणार्थीहरू नेपाल फर्किन चाहेमा, नेपाल सरकारको वर्तमान नीति र कानुनी व्यवस्थाहरू स्पष्ट नभएकाले, उनीहरूको पुनरागमन प्रक्रिया जटिल रहेको जानकारहरु बताउँछन् ।

Facebook Comments Box