राजु निरौला/दमक सामाजिक रुपमा कार्य गर्दै आइरहेको क्लब हिमालयन टाइगरले आज दमक गणतन्त्र चोकमा टोपि दिवस विशेष कार्यक्रमसंगै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
अंग्रेजी नयाँ बर्ष २०२० का साथै टोपी दिवसको अबसर र भ्रमण बर्ष २०२० समेत लाई सफल बनाउनका लागि क्लबले हिजो सरसफाइ र आज रक्तदान सहित टोपी दिवस कार्यक्रमको आयोजना गरेको हो ।
दमकमा रहेका विभिन्न सामाजिक सघ सस्थहरुको सहयोगमा र हिमालयन क्लबको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष रेबतचन्द्र भण्डारीले गर्नुभएको थियो दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्य र दमकका शैक्षिक व्यक्तित्व खेमलाल पोख्रेल ,दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ लगायत सामाजिक अभियान्ताहरुको विशेष उपस्थिती रहेको थियो । वक्ताहरुले नेपालीको पहिचानलाई जगेर्ना गर्न टोपीको महत्व रहेको चर्चा गरे ।

कार्यक्रममा सहयोग पुरयाउने सहयोगी संस्थाहरुलाइ र रक्तदाताहरुलाइ सो क्लबको तर्फबाट मायाको चिनो समेत बितरण गरिएको थियो । त्यहाँ आयोजित रक्तदानमा ३१ जनाले रक्तदान गरेका बताइएको छ । कार्यक्रमको सञ्चालन क्लबका सचिव कुमार बाबू गजुरेलले गर्नुभएको थियो ।