धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पताल बुधबार हिजोदेखि सञ्चालनमा आएको छ ।
लामो सयमदेखि उद्घाटन भएर पनि संचालनमा नआएको सो अस्पतालमा कोभिड १९ का बिरामी राख्न थालिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमित बिरामीमा लक्षण देखिएकाहरूलाई कोभिड (१९ अस्पतालमा भर्ना गर्न थालिएको उनले बताए । दुई वटा भेनिटलेटरसहित एकसय जना क्षमताको प्रतिष्ठानको आइसोलेसन वार्ड रहेको थियो । कोभिड १९ अस्पताल सञ्चालनसँगै थप १० भेटिलेटरसहितको एकसहय बेड थपिएको छ ।
बैशाख ११ गते देखि सञ्चालन गर्ने भनिएको कोभिड १९ अस्पतालको उदघाटन गरेर सञ्चालनमा आएको थिएन । १० वटा भेन्टिलेटर सहितको सो अस्पताल सञ्चालनमा आएपछि सङ्क्रमितहरूको उपचारमा थप सहज हुने विश्वास गरिएको छ ।
प्रतिष्ठानको कोभिड अस्पताल सञ्चालनमा आएसँगै अव १२ वटा भेन्टिलेटर, २० वटा एचडीयु युनिट सहित २ सय जना बिरामीलाई सेवा प्रवाह गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।