दमक/ झापाका अधिकाशं सरकारी तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड बढी हुँदा कोरोना संक्रमणको जोखिम उच्च भएको छ । गत शनिबार स्वाव संकलन गरिएको दमकस्थित विद्युत प्राधिकरणका पाँच कर्मचारीको शुक्रबार पोजिटिभ नतिजा आएको दमक नगरस्थित स्वास्थ्य शाखाले जनाएको छ ।
ति कर्मचारीसंगै दमक ७ मा भारतबाट आएकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सार्वजनिक सेवा प्रदायक निकाय तथा सरकारी कार्यालयहरुमा न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाइदा समुदायमा संक्रमणको जोखिम बढेको हो ।
दमकमा मालपोत कार्यालय र नापी कार्यालयमा समेत सेवाग्राहीहरुको भिडभाड हुने गरेको छ । ति कार्यालयहरुसंगै आसपासका पसल तथा लेखापढी केन्द्रहरुमा जिल्लाका विभिन्न ठाउँबाट आएका सेवाग्राहीको भिड लाग्नाले जोखिम बढेको हो ।

मालपोत कार्यालय दमकमा यसै हप्ता देखिएको भिडभाड । तस्विर –प्रकाश बुढाथोकीको फेसबुकबाट