दमक/   प्रदेश १ मा हाल सम्म कोरोना संक्रमणका कारण एक महिलासहित १० जनाको ज्यान गएको छ । आज मोरङकी एक महिलाको मृत्यु भएसंगै प्रदेशमा मृतकको संख्या १० पुगेको हो । प्रदेश १ मा आज थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ जसमध्ये ३४ जना महिला र ६९ जना पुरुष रहेका छन् ।
प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या दुई हजार १० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ४७ जना आइसियुमा उपचाररत छन् । हाल सम्म १ हजार ८ सय ८ जनाले कोरोना जितेर घर फर्किएका छन् । भने क्वारेन्टाइनमा रहेकाको संख्या २ हजार ५८७ रहेको छ भने होम आइसोलेसनमा बस्नेको संख्या ९३ रहेको छ । प्रदेश १ मा ५०० भन्दा बढी संक्रमित भएको जिल्लाको सूचीमा मोरङ परेको छ भने मृतक पनि सबै मोरङका हुन् ।

Facebook Comments Box