काठमाडौं / कोरोना संक्रमणका कारण आज थप ४ जनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीसहित ललितपुर, बाँके र पोखरामा गरी ४ जनाको मृत्यु भएको हो । गिरीको आज उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिए । निमोनिया समेत देखिएका ३८ वर्षीय गिरीमा कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । यस्तै, बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
त्यस्तै काभ्रेको धुलिखेलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल– ७ का ९८ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।
स्वासप्रश्वास र घाँटीमा समस्या भएपछि उन्लाई साउन २६ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो । यस्तै, कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो सगै देशभर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ सय १३ पुगेको छ ।