दमक/पछिल्लो २४ घण्टामा नेपालमा थप ७०७ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृतकको संख्या १२२ पुग्यो
कोरोना संक्रमणका कारण नेपालमा अहिले सम्म १२२ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो चितवनका एक कोरोना संक्रमितको मृत्यु भएको हो । भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका १३ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा आज करिब ३ बजे मृत्यु भएको हो ।