दमक/ नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुग्दा कोरोना जितेर घर फर्किनेको संख्या १८ हजार रहेको छ । हाल सम्म १७ हजार ९६४ जना संक्रमितहरु कोरोना जितेर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै थप २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने हालसम्म १२६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ६ जनाको मृत्यु भएसंगै मृतकको संख्या १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।