दमक । झापाको शिवसताक्षी ४ बोलोचोक स्थायी घर भैइ काठमाडौ बस्दै आएका युवा धर्मेन्द्र साहले आफ्नो जन्मदिनको अवसर पारेर आज ३३३ थान विभिन्न किसिमका पुस्तक प्रदान गर्ने घोषणा गरेका छन । बोलोचोकमा बोलोचोक बिकास समिति गठन गरेर विभिन्न सामाजिक गतिविधिमा सक्रिय हुँदै आएका उनले सोही ठाउँमा सार्वजनिक पुस्तकालय स्थापनाका लागि ती पुस्तक प्रदान गरिने बताए । समितिका अध्यक्ष समेत रहेका साहले कोरोना महामारीका कारण हाल कुनै औपचारिक कार्यक्रम गर्ने अवस्था नरहेकोले परिस्थिति सहज बनेपछि सस्थाले बोलोचोक सार्वजनिक पुस्तकालय स्थापना गर्ने बताए । सो सस्थाका सदस्यहरुले आ आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटौती गरेर कुनै न कुनै सामाजिक काममा लगाउदै आएका छ्न । त्यसका अतिरिक्त सस्थाले सरसफाइ , रक्तदान , स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।