दमक । झापाको दमकमा आज एकैदिन ३ महिलासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार नयाँ सन्क्रमित मध्ये ८ जना क्वारेन्टाइनमा बस्दै आएका छ्न । अन्य समुदायमा रहेका संक्रमितहरुमा एक जना औसधी ब्यवसायी समेत छ्न । संक्रमण भेटिएकाहरुमा पाँच जना बिध्युत प्राधिकरणका कर्मचारी छ्न ।