दमक/ झापामा चार जनासहित आज प्रदेश एकमा ५६ जना संक्रमित थपिएका छन् । यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।
आज थपिएकामा सुनसरीका २६, मोरङका १७ र संखुवासभाका ९ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको कमल गाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।
मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष छन् । प्रदेश १ बाट आज ५४ जना डिस्चार्ज भएका छन् ।