विराटनगर / धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराती एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका स्रोतका अनुसार सिराहाको मिर्चैयाका ६५ बर्षिय पुरुषको राती करिब पौने ९ बजे उपचारका काक्रममा मृत्यु भएको हो । उनलाई केही दिन अघि विराटनगरस्थित कोशी अस्पतालमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उपचारकै क्रममा राती उनको मृत्यु भएको जनाइएको छ ।

Facebook Comments Box