दमक/ देशका विभिन्न ठाउँमा उपचाररत थप चार जना कोरोना संक्रमितको गएराती मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा हेटौडा १५ का एक पुरुष, नारायणी अस्पतालमा बाराका एक र ठेगाना नखुलेका अर्का एक पुरुषको मृत्यु भएको हो । वीपि प्रतिष्ठानमा मृत्यु भएका सिराहाको मिर्चैयाका ६५ बर्षिय पुरुषसहित गएराती मृत्यु हुने संक्रमितको संख्या ४ भएको हो । यससंगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या २३२ भएको छ ।