इटहरी/ सुनसरीको दुहबी १२ बुगडरी मुस्लिम टोलकी एक महिलाको करेन्टले ज्यान लिएको छ । सो ठाउँकी २७ बर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो सवा १२ बजे आफ्नै घरमा कपडा सुकाई रहेको बेला अचानक मिटरको तार सर्ट भई करेन्ट लागेर बेहोस भएकी खातुनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।