दमक/ झापाको दमकमा स्थानीय सरकारले यहाँ रहेका बैंक तथा सहकारीहरु सञ्चालनका लागि बनाएको तालिका अव्यवहारिक देखिएको छ ।  बिहान १० बजेदेखि १ बजे सम्म यहाँका बैंक तथा सहकारी संस्था आलोपालो खोल्ने व्यवस्था मिलाइएका कारण सिमित समयमा मानिसहरुको भिडभाड बढ्नाले कोरोना संक्रमणको जोखिम अझै धेरै देखिएको हो ।
मंगलबार बिहान दमकको सानिमा बैंकमा सेवा लिन लाममा भेटिएका किरण राईले १ बजे सम्म मात्रै बैंक खोलिने भएकाले भिडभाडकै बीचमा सेवा लिन बसेको बताए । उनले भने– दिनभर सेवा चालू  राख्दा बरु कम भिड हुने थियो, यो निर्णय अव्यवहारिक लाग्यो ।


दिनैभर बैंक तथा सहकारीहरु सूचारु,  राख्दा उपयुक्त हुने दमकस्थित गणेश सर्जिकल एण्ड सप्लायर्सका प्रोप्राइटर गणेश प्रधानको सुझाव छ । बजारमा दैनिक उपभोग्य सामाग्री किनबेचका लागि भनेर तोकिएको समयमा पनि सबै खाले कारोबार भईरहेकाले एउटा निर्णय गरेर कार्यान्वयन अर्कै भइरहेकाले दमकमा लकडाउन वा निषेधाज्ञाको खासै औचित्य नदेखेको उनको अनुभव छ । भिडभाडमा जाँदा कोरोना संक्रमणको जोखिम बढी ह’ने भएकाले त्यस्तो जोखिमबाट टाढा रहन नागरिकहरु आफै सचेत रहन आवश्यक भएको अमेरिकाको भर्जिनियामा रहेका दमकका विकास शिवाकोटीको अनुभव छ ।  शिवाकोटी भन्छन– कोरोनाको जोखिम कम गर्न लकडाउनको खास अर्थ छैन । त्यो भन्दा महत्वपूर्ण मास्कको प्रयोग, भिडभाडमा जाँदा सतर्कता महत्वपूर्ण  हुने उनको बुझाइ छ । अमेरिकामा कोरोनाका कारण अति प्रभावित देश हो तर यहाँ लकडाउन छैन, सावधानी अपनाएर सबै काम जारी राखिएको छ – शिवाकोटीले भने ।

Facebook Comments Box