गौरीगञ्ज/ झापाको गौरीगञ्ज –२ का २५ बर्षिय एक पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ति पुरुष साविक कोरोबारीका  हुन । उनी भर्खरै भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । यससंगै गौरीगञ्जमा संक्रमितको संख्या ३० पुगेको छ । ति मध्ये २७ जनाले कोरोना जितेर घर फर्किएका छन् । हिजो मात्रै वडा नं १ मा एक जना संक्रमित थपिएका थिए ।
आज थपिएका संक्रमितको उपचारका लागि आज मेची अस्पताल भद्रप’र लगिनेछ ।

Facebook Comments Box