एजेन्सी / सुडानमा तीन महिनाको लागि संकटकालको घोषणा गरेको छ ।
वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि शनिबारसुडानी गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गरी संकटकाल घोषणा गरेको हो ।
सुडानमा प्राकृतिक प्रकोपका कारण ९९ नागरिकको मृत्यु भएको र अन्य कैयौँ वेपत्ता बनेको अवस्थामा तीन महिनाको लागि देशव्यापी सङ्कटकाल घोषणा गरिएको विज्ञप्तीमा जनाइएको हो ।
एक महिनाभन्दा बढी निरन्तर रूपमा भारी वर्षाका कारण आएको बाढीले दर्जनौँ व्यक्तिको मृत्यु भएको र बाढी, डुवान तथा पहिरोका कारण सयौँ घाइते भएका मन्त्रालयले जानकारी गराएको छ ।
एक लाखभन्दा बढी घर तथा टहरामा क्षति पुर्याएको उक्त बाढी एक दशक यताकै सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप भएको सरकारी समाचार संस्था, सुनाले गृहमन्त्रालयका उच्च पदस्थ अधिकारीलाई उद्धृत गरी लेखेको छ ।