भद्रपुर/ झापा भद्रपुर ६ रंगियाडाँडामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ ।
स्थानीय ४७ बर्षीय संजित राजबंशीको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार आज दिउँसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा संजित आफैलाई करेन्ट लाग्दा वेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।