काठमाडौं/  परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली आज भारत जादैछन । नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन आज परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन । आज बिहिबार र भोली शुक्रबार नया दिल्लीमा हुने दुई दिने बैठकमा भाग लिन उनीँ भारत जान लागेका बताइएको छ ।
बिहीबार नै संयुक्त आयोगको बैठक सुरु हुनेछ । शुक्रबार बैठक सम्पन्न भएपछि ज्ञवालीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । उनी शनिबार स्वदेश फर्किनेछन । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल भारत द्धिपक्षीय विविध आयामसहित व्यापार, उर्जा, सीमा, पारवहन, कोभिड १९, सहकार्य पूर्वाधार, कृषि, पर्यटनलगायत विषयमा छलफल हुनेछ ।
ज्ञवालीले बैठक पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । भ्रमण दलमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव, सहसचिव, भारतका लागि नेपालका राजदूतलगायत छन् ।

 

Facebook Comments Box