दमक/झापाको दमक ०४ मा रहेको आस्था कलेज बाट सन्चालित एकता एकेडेमीमा आज शिक्षक सम्मान ,बिद्यार्थीहरुलाई पुरस्कार र सास्कृतिक कार्यक्रम सम्पन भएको छ।
आस्था कलेजका अध्यक्ष टक सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा अतिथीहरुमा आस्था कलेज प्रमुख टेकनाथ भण्डारी,प्राध्यापक टीकाराम अधिकारी ,अर्जुन रेग्मी ,अभिभावक ,बिद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम भएको थियो।
सो अवसरमा एकता एकेडमीमा अध्यानरत बिद्यार्थीहरु सानो कक्षा देखि १० सम्मका प्रथम ,दितिय ,तृतीय हुने बिद्यार्थीहरुलाइ पुरस्कार बितरन ,साथै नियमित बिधालय आउने बिद्यार्थी ,अनुशासन बिद्यार्थी ,उत्कृष्ट मनिटर बिद्यार्थी ,उत्कृष्ट खेलकुदका बिद्यार्थी ,उत्कृष्ट गायन र नृत्य गर्ने बिद्यार्थी गरि जम्मा १३३ जाना बिद्यार्थीलाई पुरस्कार बितरन गरिएको बताइएको छ।
सो कार्यक्रममा एकता एकेडमीमा अध्यापन गराउने उत्कृष्ट शिक्षकहरुलाइ समेत सम्मान गरिएको छ।उत्कृष्ट टिचर अफ द इयर शिक्षक अस्मिता सिटौला लाई प्रमाणपत्रले सम्मान गरिएको थियो भने उत्कृष्ट अभिभावकमा मोहन प्रसाद न्यौपाने लाई सम्मान गरिएको थियो।
त्यस्तै गरि उक्त एकेडेमीले २०७५ सालमा एसइइ दिएका बिद्यार्थीहरुलाइ बिदाइ कार्यक्रम गरिएको थियो भने दुई जाना शिक्षक अर्चना अधिकारी र प्रतीक्षा पोख्रेललाइ बिदाइ गरेको थियो। कार्यक्रमको सन्चालन बिद्यार्थीहरु कृतिमा रेग्मी ,विधिशा श्रेष्ठ ,अपेक्षा पौडेल लगायतले गरेका थिए।

सोही अवसरमा बिबिएस प्रथम बर्षमा उत्कृष्ट नम्बर ल्याइ सफल हुने बिद्यार्थीहरुलाइ पुरस्कार बितरन गरिएको थियो ।उत्कृष्ट नम्बर ल्याउने बिद्यार्थी ज्योती शाह ,दिपिका राई ,रोहिणि गुप्ता ,ज्योती महेश्वरी ,लाइ क्रमश नगद बाईस हजार ,बीस हजार ,बीस हजार ,र पन्ध्र हजार साथै प्रमाणपत्र समेत कार्यक्रमका अतिथिहरुले प्रदान गर्नुभएको थियो।।

दमकमा स्थापित आस्था कलेजले बिद्यार्थीहरुको बौद्धिक ,सास्कृतिक ,आर्थिक ,सामाजिक ,बिकासमा साथ र सहयोग गर्दै आइरहेको छ।।

Facebook Comments Box