१ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७६/ ०७७ को पूर्ण बजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री इन्द्रबहादुर आङ्बोले ४२ अर्बको २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट पेश गरेका हुन् ।
आगमी आर्थिक वर्षको चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ६७ हजार अर्थात ४३।९ प्रतिशित, पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख अर्थात ५५।९ प्रतिशत बजेट बिनायोजन गरिएको छ ।
वित्तीयय व्यवस्थातर्फ ८ करोड अर्थात ०.२ प्रतिशत बजेट विनियोजन गरिएको छ । अन्त सहकारी हस्तान्तरणको लागि ९९ सय करोड ९९ लाख ९८ हजार रुपैयाँ बिनायोजन गरिएको छ ।
आगमी आर्थिक वर्षको लागि अनुमान गरिएको बजेटको स्रोत व्यवस्थापनमा आन्तरीक राजस्वबाट ३३ अर्व ८६ करोड, राजस्व वाडफाडबाट १० अर्ब ८६ करोड, अनुदानबाट २१ अर्ब २१ करोड र चालु आर्थिक वर्षको नगद मौज्जाद ६ अर्ब ६१ करोड रहने पुर्व अनुमान गरिएको मन्त्री आङ्बोले बताए ।

के छ बजेटमा

विराटनगरमा बिशेष आर्थिक क्षेत्र (सेज) र सुनसरीको अमडुवालाई औधोगिक ग्राम बनाउन पहल थाल्ने
विराटनगरमा अन्तराष्ट्रिय प्रर्दशनी केन्द्र निर्माण गर्ने
समाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने
मुख्यमन्त्री सडक कार्यक्रमलाई निरन्तरता दिने
झोलुंगे पुल निर्माण गर्ने,
विराटनगर विमानस्थलाई अन्तराष्ट्रिय बिमानस्थलका रुपमा अगाडी बढाउने
चार बर्ष भित्र सबै स्थानिय तहमा सडक बिस्तार गरिसक्ने
विराटनगर , मेचीनगर कोशी व्यारेज करिडोरको स्तरबृद्धि गर्ने
धरान मुलघाट सुरुंग मार्गको अध्यन गर्ने
नयाँ शहरमा औधोगिक क्षेत्र स्थापना गर्ने
कुरा पनि बजेटमा पर्नेछन् ।
सिमान्तकृतहरुलकागि झापा मोरङ र सुनसरीका दक्षिणी क्षेत्रमा एकिकृत बस्ती निर्माण गर्ने
४ बर्ष भित्र प्रदेशमा भवन आचारसहिता लागू गराइसक्ने
५ वटा बजारलाई स्वच्छ सफा शहर बनाउने
प्रदेशमा १ पर्यटकिय सिटी बनाउने
५ वटा शहरलाई स्मार्ट शहर बनाउने
इटहरीमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने विराटनगर
धरान र इटहरी र दमकलाई पहिलो चरणमा स्वच्छ र सफा शहर बनाउन
रोड व्युटिफिकेसन कार्यक्रम सञ्चालन गर्ने
पहाडमा खानेपानी सहज उपलव्ध गराउने
सुख्खा ग्रस्त क्षेत्रमा बिशेष प्रबिधियुक्त्त खानेपानी सञ्चालन गर्ने
जलासययुक्त्त खानेपानी परियोजना संचालन गर्ने,
प्रदेश जलबिद्युत्त आयोजना सञ्चालन गरि ५ बर्ष भित्र १४ सय मेगावाट बिजुली उत्पादन गर्ने,
अरुण तेश्रो जलबिद्युत्त आयोजनाको कामलाई तीब्रता दिने ,
गौरवका जलबिद्युत्त र साना जलबिद्युत्त अयोजना स्थापना गराउने सोलार प्यानल खरिदमा अनुदान दिने
एलपी ग्यासको खपत घटाउन
बिद्युत्तिय चुल्होको प्रयोग बढाउने
नीजि क्षेत्रसँगको साझेदारीमा २ सय मेगावाट बिजुली उत्पादन गर्ने
नेपाल भ्रमण बर्ष २०२० सफल बनाउने
एक नम्बर प्रदेशमा ५ लाख पर्यटक भित्रयाउने ,
कञ्चनजंघादेखी सगरमाथा आधार शिविरसम्म हिमाली पदमार्ग संचालन गर्ने ,
महाभारत हरित कृषी पर्यटन क्षेत्र घोषणा गर्ने ,
एक पालिका एक पर्यटकिय पुर्वाधार निर्माण कार्यक्रम चलाउने ,
सुनसरीको चतरा क्षेत्रलाई कुम्भ क्षेत्र घोषणा गर्ने
प्रदेश धार्मिक पर्यटिकय सर्किट निर्माण गर्ने
सिमासार क्षेत्रको संरक्षण गरेर पर्यटनमा प्रयोग गर्ने
प्रादेशिक आरक्ष क्षेत्रको बिकास गर्ने
धार्मिक , साँस्कृतिक पर्यटनमा जोड दिने ,
पर्यटकिय क्षेत्रमा केवलकार संचाल गर्ने
ताप्लेजुङको पाथीभरा , खोटाङको हलेसी लगायतको प्रसिद्ध धार्मिक क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा बिस्तार
चतरा तुम्लिङटार, दोलाल घाट जलमार्ग संचालनमा ल्याउने
कृषिको व्यवसायीकरण र आधुनिकीकरणमा जोड दिने ,औजार , मल बिउ खरिदमा अनुदान दिने, सिचाई सुबिधा बिस्तार गर्ने ,
दुग्ध कारखान र कोल्ढ स्टोर र पशु बधशाला निर्माण गर्ने
सहकारी, भूमी व्यवस्था सम्बिन्धि नीति लागू गर्ने
,हिमाली जिल्लाहरुमा सुपर हिमालयन फुडको उत्पादन बढाउने,
प्राङगरिक खेतीलाई प्रोत्साहन गर्ने
१ सय बिगाहा जमिनमा कृषी कम्पनी खोल्लेमा प्रदेश सरकारले नमुना कृषि परियोजना संचालन गर्न सहयोग गर्ने
मल बिउ , औषधी , पानी , बिजुली बाटो र प्राबिधिककालागि न्युन व्याजमा ऋण उपलव्ध गराउने
कृषिमा सार्बजनिक निजी साझेदारी अवधारण लागू गरिने
पाँच बर्ष भित्र प्रदेशलाई माछा , मासु र अन्डामा आत्मनिर्भर बनाउने
सहकारी , सामुदायिक र कम्पनी मोडलमा ठूला कृषि कम्पनी सञ्चालन गराउने
१० बिगाहा वा १३० रोपनी भन्दा बढी जमिनलाई एकत्र गरि किसानको ५१ प्रतिशत शेयरमा करोड सम्मको पूजी निर्माण गरिने
कृषककालािग सहुलियत ब्याज दिलाउने
प्रदेश भरिका सबै जिल्लाबाट छनौट गरिएका कृषकहरुलार्य प्रशिक्षण दिने ,
मध्यपहाडी क्षेत्रलाई आर्गेनिक क्षेत्र घोषणा गर्ने
एक गाउँ पालिका एक आर्गेनिक फर्म स्थापना गर्ने
बिशेष नगदेबालीको खेतीमा अनुदान दिने ,
कृषिमा आधारित बिशेष आर्थिक क्षेत्र स्थापना गर्ने
बाली तथा पशुपंक्षी बिमा कार्यक्रम सञ्चालन गराउने
कृषी भूमिलाई गैरकृषी क्षेत्रमा प्रयोग गर्न रोक लगाउने
कोशी नदीले कटान गरेको ५ हजार बिगाहा क्षेत्रलाई बस्ती रहित कृषी भूमिको रुपमा बिकास गर्ने
सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशी नदीको बिचमा रहेको श्रीलंका टप्पु गाउँलाई स्थानान्तरण गरि उक्त्त क्षेत्रलाई कृषी बिशेष उत्पादन क्षेत्र बनाउने ,
पहाडमा साना सिचाई कार्यक्रम सञ्चालन गर्ने र सिमान्तकृत समुदायको खाद्यन्न माथिको पहुँच स्थापित गर्न बिशेष कार्यक्रम आयोजना गर्ने
तराई मधेश हरियाली बन बिकास कार्यक्रम प्रभावकारी बनाउने ,
प्रदेश चिडिया खाना स्थापना गर्ने
हरित अभियान सफल बनाउन १० लाख फलफुलका बिरुवा बितरण गर्ने ,
खाली जमिनमा फलफुलका बिरुवा रोप्ने ,
आर्युबेद र जुडवुबुटी उत्पादन कार्यक्रमलाई बढावा दिने
तीनजुरे मिल्के जलजले क्षेत्रलाई जैबिक बिविधताकालागि प्रादेशिक संरक्षण क्षेत्रको रुपमा बिकास गर्ने
प्रदेश आमसञ्चार एकिकृत कानून निर्माण गर्ने ,
प्रादेशिक प्रेस इस्टिच्युट गठन गर्ने ,
सूचना तथा संचार निर्देशनालय गठन गर्ने
अग्रज पत्रकारलाई सम्मान गर्ने,
पत्रकारिता अध्ययनकालागि महिला दलित र सिमान्तकृतलाई छात्रबृत्ति दिने
प्रदेशका सबै रेडियो र टीभीबाट जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने ।

Facebook Comments Box