दमक ,प्रदेश नम्बर ५”का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले समाज परिर्वतनमा युवाहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् ।उनले युवाहरुको सक्रियतामा विभिन्न समाज सेवाका कामहरु नमुना योग्य भएको भन्दै राजनीतिलाई बाहिरबाट नभई राजनीतिमा नै लागेर यस विषयमा बुझ्नको लागि आग्रह गरे ।
पहिलो पाईला नेपाल केन्द्रीय समितिको बुटवलको भएको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै मन्त्री केसीले युवाहरु राजनीतिमा राजनीतिमा लाग्नको लागि समेत आग्रह गरे । उनले बाहिरबाट हेर्दे राजनीतिको विषयमा युवा बर्गबाट टिका टिप्पणी हुने गरेको भन्दै उनले समाज परिर्वतनकोलागि राजनीतिमा नै होमीएर यस विषयमा बुझ्नको लागि आग्रह गरेका हुन ।
समाजमा लामो समय देखि विद्यमान रहेको व्यवस्थालाई ध्वंस पारि नयाँ व्यवस्था ल्याइएको भन्दै मन्त्री केसीले बैज्ञानिक दृष्टिकोणबाट समाज परिर्वतनको बाटोमा सरकार लागेको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेकपा संसदीय दलका नेता भुमिश्वर ढकालले युवा वर्गहरुको सहभागीतामा ठुला ठुलो परिर्वतनहरु भएको भन्दै यसलाई निरन्तता दिनको लागि समेत आग्रह गरे । नेपाली काग्रेसकी प्रमुख सचेतक निर्मला क्षेत्रीले ले समाज परिर्वतनको लागि आफ्नो ठाउँबाट युवा बर्गहरुको सहभागी जरुरी रहेको बताईन् ।
उनले यसमा महिला, बालबालिका, युवा बर्ग सबैको साथ र सहयोग रहेको भन्दै सामाजिक सेवा भावको जागरण आवश्यक रहेको बताईन् । संस्थाका संस्थापक अध्यक्ष प्रतिभा जिसिको अध्यक्षतामा भएको कार्यक्रममा महासचिब बिजय खड्काले प्रतिबेदन पेश गरेका थिए । सो अवसरमा युवा अभियान्ता मुक्तीराज पौडेल,लगायतले बोल्नुभएको थियो ।
सो अबसरमा मिडिया क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएको भन्दै बुद्ध टेलिभिजनका समाचार संयोजक कपिल ज्ञवालीलाइ प्रशंसापत्रले सम्मान गरिएको थियो भने बिभिन्न क्षेत्रबाट पहिलो पाइला संस्थालाइ उल्लेख्य योगदान पुर्याउने महानुभावलाइ सम्मान पत्रले सम्मान गरिएको थियो त्यस्तैगरि संस्थाको सक्रिय शाखा,ब्याक्तीलाइ पनि अवार्डले सम्मान गरिएको पहीलो पाइलाका सहकोषाध्यक्ष भरतजंग क्षेत्रीले बताए ।
पहिलो पाइलाले शैक्षिक क्षेत्र,गरिब दीनदुखीको सहयोग तथा अन्य समाजिक काम गर्दै आइरहेको छ । पहिलो पाइला नेपालको देशभरिमा १४ शाखा रहेको बताइएको छ।