दमक/आज १ जुलाई । आजदेखि अन्तराष्ट्रिय सञ्जाल भएका क्लबहरु मध्ये सबै लायन्स क्लब र रोटरी क्लबहरुमा आगामी एक बर्षका लागि नेतृत्व परिवर्तन हुने गर्छ । जस अनुसार दमक र आसपास क्षेत्रमा क्रियाशील लायन्स क्लब र रोटरी क्लबको समेत नेतृत्वमा आंशिक परिमार्जन भएको छ ।
लायन्स क्लब दमक इष्टर्न लायनको नेतृत्व आजदेखि दमकका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व लायन तुल्सीराम तिम्सिनाले लिएका छन् । यस अघि सो क्लबलाई एक बर्ष सम्म लायन विमल शर्माले सफल नेतृत्व दिएका थिए । त्यसैगरी लायन्स क्लब अफ दमक युनाईटेडको नेतृत्व युवा व्यक्तित्व सन्दिप बस्नेतले सम्हालेका छन् ।
यस अघि सो क्लबको नेतृत्व उत्तम थापाले सम्हालेका थिए । त्यस्तै लायन्स क्लब अफ लखनपुरको नेतृत्व आजैदेखि युवा व्यक्तित्व , सामाजिक तथा व्यवसायिक व्यक्तित्व ज्ञाननाथ पौडेल ( ज्ञानु)ले गर्दैछन । यस अघि सो क्लबको नेतृत्व प्रमोद दाहालले गर्दै आएका छन् । आज साँझ कमल ५ मा सो क्लबको पदहस्तान्तरण÷पदभार ग्रहण गर्ने कार्यक्रम रहेको सो क्लबका संस्थापक अध्यक्ष धर्मानन्द भट्टराईले जानकारी दिए । त्यसैगरी लायन्स क्लब अफ गौरादहको नेतृत्व आजैदेखि स्थानीय युवा व्यवसायी तथा गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीवन राईले सम्हाल्दैछन् । सामाजिक सेवाका काममा सक्रिय हुँदै गौरादहको विकासमा समेत सहयोगी भुमिका निर्वाह गर्दै आएको सो क्लबको नेतृत्व यस अघि भुपालराज कट्वालले सम्हाल्दै आएका थिए ।

रोटरीमा आजदेखि चापागाइँ

यसैबीच रोटरी क्लब अफ दमकको नेतृत्व आज ( जुलाई १ तारिख) देखि दमकका युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व सन्दिप चापागाइँ (दिपु)ले सम्हाल्दैछन् । क्लबको विधान अनुसार यस अघिनै प्रस्तावित अध्यक्षका रुपमा रहेका चापागाइँले १ तारिखदेखि स्वत क्लबको अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

Facebook Comments Box