दमक/ नेदरल्यान्डस् महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सको लियोंमा गएराती भएको सेमिफाइनलमा स्विडेनलाई १–० ले हराउँदै नेदरल्याण्ड्स फाइनलमा प्रवेश गरेको हो ।

खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन अतिरिक्त समयको नवौं मिनेटमा ज्याकी ग्रोएनले निर्णायक गोल गरिन् ।

यसअघि निर्धारित ९० मिनेटको समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

जितसँगै नेदरल्याण्ड्सले साविक विजेता अमेरिका विरुद्धको फाइनल भिडन्त तय गरेको छ ।

नेदरल्याण्ड्स पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

Facebook Comments Box