दमक/ अंग्रेजी भाषामा छुट्टै बिधाका रुपमा पठनपाठन हुने गरेको साइनोका आविष्कारक तथा प्रणेता साहित्यकार एवं लेखक खेमलाल पोखरेललाई गृह नगर दमकमा आज (शनिबार) सम्मान गरिएको छ । दमक नगरपालिकाको १० औं नगर सभाको समापनका अवसरमा पोखरेललाई दमक नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले सम्मान गरेका हुन ।
पोखरेल दमकका पुराना बासिन्दा हुन । ४० को दशकदेखि दमकमा बसोबास गरि भाषा, कला, साहित्य , संस्कृति र शिक्षा क्षेत्रमा अनवरत रुपमा पुरयाएको योगदानको प्रशंसा गर्दै प्रतिभा निकेतन दमकका संस्थापक अध्यक्ष एवं दमक प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यीक, शैक्षिक तथा सामाजिक क्षेत्रमा दिएको मुल्याङकन गरि नगरपालिकाले सो सम्मान प्रदान गरेको हो । पोखरेल लेखन क्षेत्रमा नेपाली साइनो बिधाको अभियान्ता हुँदै विश्वव्यापीकरण भइसकेको अंग्रेजी भाषाको एउटा विधा साइनोका प्रणेताका रुपमा परिचित छन । उनले लेखेका कतिपय पुस्तकहरु विभिन्न बिद्यालयमा पठनपाठन हुँदै आएका छन । दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल पनि हुन ।उनी यस अघि साहित्य सेतु, साहित्य श्री, गुजरात एकेडेमी सम्मान, अर्डर अफ सेक्सपियर, लिटेरिया नेपाल लगायतका अन्तराष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका व्यक्तित्व हुन ।
